पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन बालकको शव फेला

हेटौंडा । पौडी खेल्ने क्रमममा हराएका तीन जना बालकको शव फेला परेको छ ।

 

शुक्रबार बेलुका हेटौंडा ७ न्युरेनी नागदह स्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका थिए ।

बालक बेपत्ता भए लगत्तै घटना स्थल पुगेको सशस्त्र प्रहरीले तीन जना बालको शव फेला पारेको थियो । सशस्त्र प्रहरी वल १४ नं. गण हेटौडाका प्रहरी निरिक्षक जय बहादुर दथेपुथेको नेतृत्वमा तालिम प्राप्त ४ जना सहित १५ जनाको समुह उद्धारका लागि खटिएको थियो ।

पौडी खेल्ने क्रममा डुवेर मृत्यु हुनेमा हेटौंडा १५ फारलाइनका १७ वर्षिय शाहिल लामा, १२ वर्षिय कारसाङ जिम्बा र १३ वर्षिय सजिव मोक्तान रहेका सशस्त्र प्रहरी वल १४ नं. गण हेटौडाका प्रहरी निरिक्षक जय बहादुर दथेपुथेले जनाए ।

शुक्रबार बेलुका करिब ५ बजे तिर चार जना बालकहरु पौडी खेल्न त्यहाँ पुगेका थिए । पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका थिए भने एक जना सकुसल खोला बाहिर निस्कन सफल भएका दथेपुथेले बताए ।

तपाईको प्रतिक्रिया