निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र निवासमै नजरबन्द !

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै नजरबन्द गरिएको छ ।

 

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय भएको दाबी गर्दै जबराले आज सर्वोच्च अदालतको नियमित काममा फर्कने तयारी गर्दै गर्दा सरकारले उनको निवासको मुलगेटमा तालाबन्दी गरेर नजरबन्दमा राखेको हो ।

जबराविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महिनौंसम्म बेवास्तामा परेको सो प्रस्ताव प्रतिनिधि सभाको कार्यकाल सकिँदै गर्दा अघि बढेको थियो।

अहिले जवराको निवासमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यता सर्वोच्च अदालतको परिसरमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया