सरकारले फिर्ता बोलायो राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मी

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सरकारले फिर्ता बोलाएको छ।

 

व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) र स्टर्टिङमा खटिने सुरक्षाकर्मीहरुलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाइएको जनाएको छ ।

पीएसओ र स्टकर्टिङमा गरी राणाको सुरक्षाका लागि ८ जना सुरक्षाकर्मी परिचालित थिए। सबैलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो।

गत फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा रहेका राणाले प्रतिनिधि सभाको कार्याकाल सकिएपछि आइतबार सर्वोच्च जाने प्रयास गरेका थिए। तर, उनलाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीले आइतबार सर्वोच्चको मूल प्रवेशद्वारमै प्रदर्शन गरेका थिए।

सर्वोच्चमा असहज परिस्थिति उत्पन्न हुने भन्दै सुरक्षाकर्मीले आइतबार राणालाई सरकारी निवासबाट बाहिर निस्किन दिएका थिएनन्। राणाको परिवारले भने सरकारले आफूहरुलाई नजरबन्दमा राखेको बताउँदै आएको छ।

तपाईको प्रतिक्रिया