छाडा कुकुरका कारण दुर्घटना बढे, लालमटियामा तीन जना घाइते

जगत खनाल
राप्ती गाउँपालिकामा छाडा कुकुरका कारण दैनिक जसो दुर्घटनाका घटनाहरु घटिरहेका छन् । शनिबर दिउँसो लालमटिया नजिकै शान्तीनगर चोकमा कुकुरका कारण बाइक दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक बालक सहित तीन जना घा घाइते भएका छन् ।

 

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १२ बाट काठमाडौ जादै गरेको बा ८४ प ५३४३ नम्बरको बाइक दुर्घटना भएको हो ।

दुर्घटनामा बाइकमा सवार ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ । घाइते हुनेमा गुलरिया नगरपालिका १२ का वर्ष ३३ का मुस्कर हुसेन, वर्ष ३१ कि लक्ष्मी श्रेष्ठ र उनको ७ वर्षका छोरा रहेका छन ।

घाइतेको राप्ती पोलिकिल्निक भालुबाङमा उपचार भैरहेको प्रहरी जनाएको छ ।

राप्ती गाउँपालिका भित्र पछिल्लो चरणमा छाडा कुकुरको बिगबिगी रहेको स्थानीय पुर्षोतम आचार्यले जानकारी दिएका छन । छाडा कुकुर नियन्त्रण नगर्ने हो भने यस्ता थुप्रै दुर्घटना हुन सक्ने आचार्यको बताए ।

लेखकको बारेमा
जगत खनाल

तपाईको प्रतिक्रिया