दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका –१३ फुलबारीमा इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार माटो खन्ने क्रममा आइतबार विहान ११ बजेतिर बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका–१७ निवासी हरि चौधरी अझै फेला परेका छैनन् ।
इनार ४० फिट गहिरो रहेको र वरपरबाट माटो खसिरहेकाले पनि निकाल्न समस्या भएको प्रहरीले बताएको छ । २४ घण्टादेखि डोजरले माटो फालेर चौधरीको खोजी भइरहेको प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया