भालुवाङमा गुडिरहेको अटोमा आगलागी

 

 

भालुवाङ । दाङको भालुवाङमा गत राती गुडिरहेको अटोमा आगलागी भएको छ । सोमबार राती राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक निवासी वसन्त बस्नेतको रा १ ह ५११५ नम्बरको अटोमा आगलागी भएको हो ।

राप्ती गाउँपालिका १ स्थित राप्ती सामुदायिक वन कार्यालय नजिक सोमबार राती ८ बजेको समयमा गुडिरहेको अबस्थामा अटोमा विधुत सर्ट भई आगलागी भएको हो ।

आगोलागी हुँदा अटो जलेर खरानी भएको छ भने २ लाख ५० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । अटोमा चालक मात्र भएको र कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया