भ्रामक र झुठा प्रचार बाजिको पछि नलाग्न माओवादी केन्द्रको आग्रह

 

 

दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ती गाउँपालिका संगठन कमिटीले मिति २०७९ भाद्र ११ विभिन्न सामाजिक संजाल तथा अनलाइन पत्रीकामा प्रेसित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार पार्टी अध्यक्ष स्यामेस चौधरीले एक विज्ञप्ती जारी गर्दै अनलाइनमा प्रकाशित ‘शिक्षक छ्नोटको बिषयलाई लिएर राप्ती गाउँपालिकामा लफडा’ शिर्षकको समाचारको खण्डन गरेको छ । बिज्ञप्तीमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको शिक्षक छनौटमा भागबन्डा नमिलेर बिबाद भएको भन्ने समाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘समाचारमा भागबन्डा नमिलेर विवाद बढेको भन्ने विषय पुर्णरुपमा तथ्यहिन, आधारहिन, कपोकल्पिक भ्रामक र दुष्प्रचार गर्ने बदनियत पुर्ण मनसायले राप्ती गाउँपालिकाका गठबन्धन र सरकारको मानहानी हुने विषय हो भनी हाम्रो पार्टीको ठहर रहेको छ’ जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपा माओवादी केन्द्र सधै निष्पक्षता तथा गुणस्तरीय शिक्षामा प्रतिवद्द भएको व्यहोरा आम सर्वसाधारण, बुद्धिजीवी वर्गलाई विदित नै छ । तथापी केही सामाजिक संजाल प्रयोगकर्ता तथा सञ्चारकर्मिहरुले सामाजिक विखण्डन निम्त्याउले उद्देश्यले आएका विषयहरु प्रती भ्रमित नहुन पार्टी हार्दिक अनुरोध गर्दछ उक्त बिज्ञपतिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया