राप्ती गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीलाई स्वागत

 

 

भालुवाङ  । राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका नेब बहादुर ओलीलाई शुक्रवार स्वागत गरिएको छ ।

ओलीलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरीले स्वागत गरेका थिए । साथै वडा अध्यक्ष र अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुले पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीलाई स्वागत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको कपिलवस्तुको विजयनगर गाउँपालिकामा सरूवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा ओली आएका हुन् । ओली लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयबाट सरुवा भई आएका हुन् ।

 

 

तपाईको प्रतिक्रिया