राप्ती गाउँपालिकाको प्रशासनिक भवन मुख्यमन्त्री कार्यालयलाई दिन तयार छौंः अध्यक्ष बिष्ट

 

 

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकाको प्रशासनिक भवन मुख्यमन्त्री कार्यालय स्थापनाका लागि दिन तयार रहेको बताएका छन् ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकिकरण आयोजनाको मुख्य कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै बिष्टले लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय स्थापना गर्न भवन दिन तयार रहेको बताएका हुन् । ‘मुख्यमन्त्री कार्यालयलाई प्रशासनिक भवन हस्तान्तरण गर्न प्रशासनिक भवन खालि गरिसकेका छौं” अध्यक्ष बिष्टले भने ‘हामी जनताको सेवा गुन्द्रीमा बसेर पनि गर्न तयार छौं ।”

मुख्य मन्त्रीको कार्यालय चुनाव अघि नै प्रदेश राजधानी दाङ आउने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया