
दाङ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकीएसँगै आ आफ्नो क्षेत्रमा प्राय पुरानै नेताहरु चुनावी प्रतिस्पर्धामा देखिन थालेका छन् भने प्राय राजनितीक दलको भाषण भाषणमै सिमित हुने गरेका छन् । राजनीतिक दलहरुका शिर्ष नेताले भाषणमा युवाहरुलाई हरेका क्षेत्रमा सहभागि गराउने दाबी गर्छन् । तर, तिनै नेताहरुको भाषण र व्यवहार भने ठिक उल्टो हुने गरेको छ ।
स्थानिय निर्वाचनमा युवा जनप्रतिनिधिहरुको अनुहार बाक्लै देखियतापनि आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा भने युवा अनुहार देख्न मुस्किले हुने अनुमान गर्न सकिन्छ । अहिलेसम्मको अवस्था हेर्दा युवामात्र होइन नयाँ अनुहार समेत देख्ने सकिदैन ।
लुम्बिनी प्रदेशबाट मुख्य दलबाट नयाँ पुस्ताले टिकट पाउने सम्भावना लगभग शुन्य जस्तै छ । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका लागि २६ वटा सिट छन् । जसमध्ये यो निर्वाचनमा मुख्य दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट नयाँ पुस्ताले टिकट पाउने सम्भावना निकै कम छ । यहाँबाट पटक पटक मन्त्री भएकाले नै यस पटक पनि टिकट पाउने सम्भावना बलियो छ ।
लुम्बिनी प्रदेशबाट १७ पूर्वमन्त्री नै चुनावमा होमिने लगभग पक्का जस्तै नै छ । अर्थात फेरि पनि पुरानै अनुहारले निर्वाचनमा टिकट पाउने बलियो सम्भावना छ । त्यसैगरी ३ जना बहालवाला मन्त्री लुम्बिनी प्रदेशबाट चुनावमा टिकट पाउने अनुमन गर्न सकिन्छ । यहाँबाट गृहमन्त्रीमा बालकृष्ण खाँण, भौतिक पूर्वाधार विकास मन्त्रीमा मोहम्द इतियाक राई र शहरी विकास मन्त्री मेटमणी चौधरी छन् ।
दाङ क्षेत्र नं. १ का वहालवाला शहरी विकास मन्त्री मेटमणी चौधरी, क्षेत्र नं. २ बाट पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरा र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शकर पोखरेल उठ्ने तयारीमा छन् ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही क्षेत्र नं. ३ मा उठ्ने लगभग पक्का पक्की जस्तै छ । भने रुपन्देहीबाट नै पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, पूर्वमन्त्रीद्वय घनश्याम भुसाल, सवेन्द्रनाथ शुक्ला र दिपक बोहोरा उठ्ने सम्भावना छ । विष्णु पौडेल रुपन्देही–२, घनश्याम भुसाल रुपन्देही–३, सवेन्द्रनाथ शुक्ला रुपन्देही–४ र पूर्वमन्त्री दिपक बोहोरा रुपन्देही–३ बाट उठ्ने चर्चा छ ।
त्यसैगरी गुल्मीमा पूर्वमन्त्रीहरु प्रदिपकुमार ज्ञवाली, गोकर्ण विष्ट र रामकुमारी झाँकी उठ्ने चर्चा छ । यस अघि नै रामकुमारी झाँकीले गुल्मी २ बाट प्रत्यक्ष चुनाब लड्ने घोषण गरीसकेकी छन् । ज्ञवाली गुल्मी १ बाट र एमालेमा नै रहेका विष्ट र एकिकृत समाजवादीबाट मन्त्री भइसकेकी झाँकी गुल्मी २ बाट निर्वाचन लड्ने तयारीमा छन् । झाँकी मन्त्री भए पनि प्रत्यक्ष निर्वाचन भने पहिलो पटक उठ्ने तयारीमा रहेकी छिन् । यस अघि उनी समानुपातीक तर्फबाट संसद भएकी हुन् ।
यस्तै बाँकेबाट वहालवाल भौतिक पूर्वाधार विकासमन्त्री मोहम्द इतियाक राई क्षेत्र नम्बर २, कपिलबस्तु क्षेत्र नं. १ बाट चक्रपाणि शर्मा र क्षेत्र नं. २ बाट बृजेशकुमार गुप्ता, नवलपरासी पश्च्मि क्षेत्र नं. १ बाट पूर्वमन्त्री हृदेश त्रिपाठी, बर्दिया क्षेत्र नं. १ बाट पूर्वमन्त्री शंजयकुमार गौतम र पाल्पा क्षेत्र नं. २ बाट सोमप्रसाद पाण्डे पुनः निर्वाचनमा उठ्ने सम्भावना बलियो रहेको छ ।
यस्तै एक मात्र क्षेत्र रहेको प्यूठानबाट पूर्वउपप्रधानमन्त्री बामदेव गौतम, अर्घाखाँचीबाट टोपबहादुर रायमाझि र रोल्पाबाट पूर्वमन्त्री वर्षमान पुनको दावेदारी रहेको छ ।
यद्धपी ५ दलिय गठवन्धनले नेकपा एमाले बाहेक गठवन्धनका नेताहरुलाई भने समस्या पर्ने देखिन्छ । एक मात्र क्षेत्र रहेको प्यूठानबाट पूर्वउपप्रधानमन्त्री बामदेव गौतमको दावेदारी रहेता पनि प्युठानमा गठवन्धनबाट जनमोर्चाकी दुर्गा पौडेलको पनि सम्भावना वलियो रहेको छ भने नेपाली कांग्रेसका गोविन्द पोख्रेलको पनि दावेदारी रहेको छ ।
दाङ क्षेत्र नं. १ बाट गठबन्धनको तर्फबाट एकिकृत समाजबादीका मेटमणी चौधरी मुख्य दावेदार देखिएतापनि खुमबहादुर खड्काका छोरा अनुराग खड्काले पनि क्षेत्र नं. १ बाट पहिलो पटक प्रतिनिधिसभाको उमेद्वारी दिने बताउदै आएका छन् ।

तपाईको प्रतिक्रिया