नागरिकतामा राज्यकाे विभेदकारी नितिले समस्यामा परेकाे गुनासाे

तुलसीपुर । नेपालमा जन्मिएर पनि राज्यकाे विभेदकारी नितिका कारण नागरिकता पाउन नसकेकाे एक कार्यक्रमका सहभागीहरु गुनासाे गरेका छन् ।

 

तुलसीपुर मधेशी समाज सेवा संघ काे १४ औं साधारण सभा तथा सातौँ अधिवेशन उद्घाटन कार्यक्रममा सहभागीहरुले अहिलेकाे मुख्य समस्या नागरिकता भएको, नागरिकता नपाउदा सबै खाले अधिकारबाट बञ्चित हुनुपरेकाे गुनासाे गरेका हुन् । उनीहरूले मधेशीका अधिकार कार्यान्वयनको सवालमा जनप्रतिनिधि तथा राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन् ।

चुनावमा भोट लिने तर समस्या लाई सम्बोधन नगरेको गुनासो गरेका छन् । संघका अध्यक्ष दिपेन्द्र कुमार गुप्ताकाे अध्यक्षता तथा तुलसीपुर उपामहानगर पालिकाका इन्जिनियर दिनेश गुप्ताकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएको हाे ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य गोपाल प्यारे चण्डेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अरुण लहरले, संघ का पूर्व अध्यक्ष राजेन्द्र कुमार गुप्ता,पूर्व वडा सदस्य नागर वैश्य, संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार गुप्ता, राजेश गुप्ता, जेष्ठ नागरिक सावित्रा देवी गुप्ता राजकुमारी गुप्ता, राजाराम गुप्ता, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल लगायतले मधेसी समुदाया भित्र भएको दाइजो प्रथा, घरेलु हिंसा जस्ता विकृतिहरुलाई निर्मूल पार्नु पर्ने जस्ता समस्या समाधानमा राज्य जिम्मेवार हुनुपर्नेमा जाेड दिइएको छ ।

कार्यक्रमको सञ्चालन रिजु कुमारी गुप्ता ले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया