
दाङको राप्ती गाउँपालिका–७ स्थित श्री सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियालाई रोटरी क्लब अफ राप्तीले ५५ हजार रुपैयाँ बराबरको बायो स्यान्ड फिल्टर हस्तान्तरण गरेको छ ।
क्लबका अध्यक्ष गोपाल आचार्यले मंगलवार एक कार्यक्रमका बिच विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामभरोस चौधरीलाई उक्त फिल्टर हस्तान्तरण गर्नुभएको हो ।
रोटरी क्लव अफ पाटन साउथको विशेष सहयोगमा फिल्टर हस्तान्तरण गरिएको जानकारी दिदै रोटरी क्वल अफ राप्तीका संस्थापक अध्यक्ष तथा सर्भिस प्रोजेक्ट चेयर बासुदेव न्यौपानेले रोटरी क्लव अफ पाटन साउथलाई धन्यवाद दिदै आगामी दिनमा पनि यसरी नै सहकार्य गर्ने अपेक्ष रहेको जानकारी दिनु भयो ।

फिल्टर जडानसँगै विद्यालयमा स्वच्छ तथा सुरक्षित पिउने पानीको पहुँच बढाउने विश्वास गरिएको छ। बायो स्यान्ड फिल्टर जडान भएपछि विद्यार्थी तथा शिक्षकहरूले शुद्ध पानी प्रयोग गर्न पाउनेछन्, जसले पानीजन्य रोग न्यूनीकरण गर्न मद्दत पुर्याउने रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यले बताउनु भयो । । साथै यसले विद्यालयमा सरसफाइ, स्वास्थ्य सचेतना र स्वच्छ वातावरण प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
रोटरी क्लब राप्तीको यस सामाजिक कार्यप्रति विद्यालय परिवारले आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको स्वास्थ्य र शिक्षामा सकारात्मक प्रभाव पार्ने बताएका छन्।
फिल्टर हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष गोपाल आचार्यसहित संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, सचिव दोर्ण प्रसाद आचार्य, पिताम्बर रोका, डा. शंकरनाथ योगी, बिष्णु बेल्वासे, कमल केसी, विष्णु प्रसाद चौधरी, पत्रकार ओमप्रकास गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया