अर्घाखाँचीको सितगंगा वडा न ८ सातमारामा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

नेपालगञ्जबाट गोरु सिङेतर्फ जाँदै गरेको स्कुटर धानखोलाबाट भालुबाङतर्फ आउँदै गरेको रा १ क १२७३ नम्बरको टिपरको पछाडिको भागमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बाँकेको राप्ती सोनारी गाउँपालिका निवासी २७ वर्षीय नातिस अहमद मनियार घाइते भएका छन् । उनी सवार स्कुटर नम्बर बा प्र ०६–००७प १२१३ रहेको छ।
दुर्घटनामा मनियारको दायाँ हात तथा पाखुरामा चोट लागेको छ । प्रारम्भिक जानकारीअनुसार उनको अवस्था सामान्य रहेको र हाल भालुबाङ अस्पतालमा उपचार भइरहेको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया