दाङ –२ मा रास्वपाका आचार्य विजयी

प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य विजय भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भारी मतले हराउँदै रास्वपाका सहमहामन्त्री आचार्य विजय भएका हु।

 

आचार्य ४३ हजार ५ सय ५७ मत प्राप्त गर्दै विजयी भएका छन्। पोखरेलले भने १५ हजार २८२ मत प्राप्त गरे। त्यसैगरी कांग्रेसका किरण किशोर घिमिरेले ११ हजार २७७ र नेकपाका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन्।

यस अघि पोखरेल तत्कालिन नेकपा माओवादी केन्द्रकी रेखा शर्मा सँग झिनो मतले पराजय भएका थिए ।

तपाईको प्रतिक्रिया