छ हजार मतान्तरसहित रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) विजयी भएका छन्।

शुक्रबार साँझ सवा ६ बजे सकिएको मत गणनाअनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै विजयी भएको रुकुम पूर्वका मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलामणी गौतमले ३ हजार ४६२ मत प्राप्त गरे। गौतम र प्रचण्डको मतान्तर ६ हजार ७७८ रहेको छ।
यस्तै नेपाली कांग्रेसकी कुसुम देवी थापाले ३ हजार ८२, राप्रपाका रोषण शाहले ८२, राष्ट्रिय जनमोर्चाका चन्द्र प्रसाद शाहीले ३२, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दिप पुनले २०३, मंगोल नेशनल अर्गनाइजेसन ज्योति रोका मगरले ५५, नेशनल रिपब्लिक नेपालका धर्म कुमार बुढाले ५१, नेकपा माओवादीका जुद्ध बहादुर बुढा मगरले १९१ र राष्ट्रिय मुक्ति पार्टी नेपालका सिरबहादुर बुढाले ३० मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया