दाङ । नेकपा एमाले दाङ क्षेत्र नं. १ ले चुनावी घरदैलो अभियान जारी राखेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर एमालेले घरदैलो अभियान जारी राखेको हो ।

बिहिवार गढवा गाउँपालिकाको वडा नं. १, २, ३ र ४ का विभिन्नि वस्तीमा घरदैलो गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार रेवतीरमण शर्मा घिमिरेको बिशेष उपस्थितीमा घरदैलो गरिएको छ ।
गढवा–१ जुरौनीमा स्थानीय समुदायले उम्मेदवार र घरदैलोमा पुगेको टोलीको भब्य स्वागत गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार रेवतीरमण शर्माले दाङ देउखुरीको सन्तुलित र समग्र विकास मुख्य एजेण्डा रहेको बताउनुभयो । उहाँले अहिलेको निर्वाचन बिशेष परिस्थितीका कारण हुन थालेको जानकारी दिदै देश बनाउनकालागि एमालेलाई निर्वाचित गर्न अपिल गर्नुभयो । घरदैलो कार्यक्रम वडा नं. १ को धानखोला, वडहरा लगायत सबै वस्ती र टोलमा केन्द्रित गरिएको छ ।

तपाईको प्रतिक्रिया