बुटवल । पाल्पामा भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन।
बसमा २२ जना यात्रु सवार रहेको थिए । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया