मामाघर दाङ आएकी ३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या प्रयास

 

 

दाङ । दाङमा ३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या प्रयास भएको खुलेको छ ।

बालिकालाई बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बबई गाउँपालिका ५ खैरबट्टीका १४ वर्षीय किशोरले शनिबार दिउँसो बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अर्घाखाँची घर भएकी बालिका दाङस्थित मामा घर आएकी थिइन् ।

प्रहरीका अनुसार किशोरले बालिका खेल्न लागेको समयमा मकैबारीमा लगेर बलात्कारपछि हत्याको प्रयास गरेको समेत आरोप लागेको छ । किशोरले बालिकालाई बलात्कारपछि ५० मिटर अग्लो भिरबाट खसालेका थिए ।

बालिकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि कोहलपुर लगिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया