पाँच वर्षिय बालिकालाई याैन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

दाङ । दाङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। राप्ती गाउँपालिका–५ स्थित स्टार समिटमा कार्यरत ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई सोही विद्यालयमा अध्ययनरत पाँच वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोमवार पक्राउ गरेको हो।

 

बालिकाले नुहाउने क्रममा आमालाई गुप्तांग दुखेको बताएपछि शिक्षकले दुर्व्यवहार गरेको रहस्य खुलेको हो। अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले शिक्षकलाई नियन्त्रणमा लिएको छ।

अभिभावकको किटानी जाहेरीको आधारमा शिक्षकमाथि छानबिन गरेर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया