देउखुरी । राप्ती उद्योग वाणिज्य संघले ‘तिज गित तथा नृत्य प्रतियोगिता’ को आयोजना गर्ने भएको छ ।

संघले आगामी श्रावण ३१ गते भालुवाङको नयाँ बसपार्कमा तिज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हो । संघको शनिवार बसेको बैठकको निर्णय अनुसार महिलाहरुको महान चार्ड हरितालिका तिजको अवसर पारेर तिज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए ।
संघले सम्पूर्ण महिलाहरूलाई कार्यक्रममा सहभागी भई तिज पर्वको उल्लास र सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न आग्रह गरेको छ । कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी क्षेत्रकै आकर्षक सांस्कृतिक कार्यक्रमका रूपमा विकास हुने अपेक्षा समेत गरिएको संघका अध्यक्ष सुरज खड्काले बताए ।
उक्त कार्यक्रमलाई भव्य र सभ्य बनाउने उद्देश्यले संघका अध्यक्ष सुरज खड्काको नेतृत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । जसको सदस्यमा बसन्त गिरी, बासुदेव न्यौपाने, मोहन आचार्य र विष्णु प्रसाद बोहरा रहेका छन् । त्यसैगरी नारायण योगीको संयोजकत्वमा ३ जना निर्णायक समिति समेत बनाईएको संघले जनाएको छ । कार्यक्रमको प्रचारप्रसारलाई प्रभावकारी बनाउन भुमी गुरुङलाई प्रचारप्रसार समिति संयोजकको जिम्मेवारी दिइएको छ भने सदस्यहरुमा शिवा थापा र सन्तमा कामी रहेका छन् ।
प्रतियोगितामा समुह दर्ताका लागि १ हजार तोकिएको छ भने प्रथम, द्धितृय, तृतिय र सान्त्वना हुने समुहलाई क्रमस २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित प्रमाणपत्र प्रदान गरिने संघका महासचिव बासुदेव न्यौपाने बताए । प्रतियोगितामा भाग लिन चाहने समुहले श्रावण २५ गतेदेखि २९ गतेसम्म संघको कार्यालयमा नाम दर्ता गर्न सकिने महासचिव न्यौपाने जानकारी दिए ।
प्रतियोगितामा भाग लिने समुहले मौलिक कला संस्कृति झल्कन पोषाक लगाउनु पर्ने छ । साथै एक समुहमा बढीमा १० जना, बाध्यवादनका सामाग्री समुह स्वयम्ले ल्याउनु पर्ने संघले जनाएको छ ।
रोटरी क्लव राप्तीका नयाँ समितिलाई स्वागत तथा सम्मान

राप्ती उद्योग बाणिज्य संघले रोटरी क्लव अफ राप्तीका वर्ष २०२५/२६ का नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान समेत गरेको छ ।
संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता तथा रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यको आतिथ्यतामा सो कार्यक्रमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लव राप्तीका अध्यक्ष गोपाल आचार्यले संघसंग सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी अंघका अध्यक्ष सुरज खड्काले रोटरी क्लव एक सामाजिक संस्था रहेकाले आवश्यक परेको समयमा समयमा सहयोगको समेत अपेक्षा रहेको बताए ।
क्लवको तर्फबाट अध्यक्ष गोपाल आचार्य, निर्वातिच अध्यक्ष बसन्त गिरी, प्रस्तावित अध्यक्ष मोहन आचार्य, संस्थापक अध्यक्ष तथा सर्भिस प्रोजेक्ट निर्देशक बासुदेव न्यौपाने, सचिव दोर्ण प्रसाद आचार्य, कोषाध्यक्ष दुर्गा बस्नेत, मेम्बरसिप निर्देशक बिजुला केसी, सर्जेन्ट एट आम्र्स अन्जना पोख्रेलको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा संघका नव नियुक्त प्रेस संयोजक बलराम शाही भिशुनलाई समेत स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया