तिलोत्तमाकी उपप्रमुख चौधरीले लगाइन् प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

 

 

बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा उपप्रमुख जगेश्वरी चौधरीले ताला लगाई दिएक छिन् ।

नगरसभामा बिवाद बढ्दैजाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक पक्षिय ढंगल काम गरेको भन्दै उपप्रमुख चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधीहरुले ताल लगाई दिएका हुन् ।

तिलोत्तमा नगरपालिकाको १२ औं नगर सभाको तेश्रो र चौथो बैठकको उपस्थीती र गणपुरक संख्यामा ज्ञवालीको भुमिका बिवादास्पद रहेको एमाले निकट जनप्रतिनिधीहरुको आरोप छ।

उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रुपमा नगरसभाका एकै दिनका बैठकमा अलग अलग उपस्थीती गराउने गरेको आरोप लगाइन्।

आइतबार बोलाईएको नगरसभाको चौथो बैठकमा सबै जनप्रतिनिधी उपस्थीत भएपनि एमालेका ४२ जना प्रतिनिधीले हस्ताक्षर गरेपछि कांग्रेसका उपस्थीत भएर पनि हाजिर गरेनन भने एमालेका उपस्थीत बाँकीलाई हस्ताक्षर गर्न दिइएन । यो काम प्रमुख प्रशासकीय अधिकृतको योजनामा भएको चौधरीको आरोप छ ।

नगरप्रमुख रामकृष्ण खाणले घोषणा गर्दा एमालेका ४२ जनाको उपस्थीती गरेको माईनुट अनाधिकृत ब्यक्ती मार्फत लुकाउन खोज्दा नियन्त्रणमा लिईएको छ ।

तपाईको प्रतिक्रिया