
देउखुरी । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले व्यवसायीहरूको समस्या, सुझाव तथा हकहितका विषयमा प्रत्यक्ष संवाद गर्न ‘घरदैलो कार्यक्रम’ को सुरुवात गरेको छ । संघले आइतबारबाट कार्यक्रमको सुरुवात राप्ती–१ को चैते र पुरानो भालुवाङ बजार क्षेत्रबाट गरिएको छ ।
संघको वार्षिक कार्ययोजना अनुसार आफ्नो कार्यक्षेत्र भित्र रहेका उद्योगी तथा व्यवासायीहरूसँग भेटघाट गरी उनीहरूको व्यवसायसँग सम्बन्धित समस्या, चुनौती र सुझाव संकलन सुरु गरेको राप्त उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए । यस कार्यक्रमको उद्देश्य व्यवसायीहरूको समस्या नजिकबाट सुन्ने, आवश्यक नीति तथा समाधानका लागि पहल गर्ने तथा संघ र व्यवसायीबीचको सम्बन्ध थप प्रगाढ बनाउने रहेको अध्यक्ष खड्काले जानकारी दिए ।

व्यवसायीहरुले नियमित रुपमा संघले बजार अनुगमन गर्नु पर्ने, शनिवारको बन्दलाई कडा रुपमा गर्नुपर्ने, झोले तथा कुम्मेलाई नियन्त्रण गर्नु पर्ने जस्ता सल्लाह सुझाव दिएका संघले जनाएको छ । उक्र घरदैलो कार्यक्रममा व्यवसायीको समस्या सुन्नुको साथै व्यवसायीहरुलाई समयमै व्यवसाय नविकरण गर्न, म्याद सकिएका साम्रागी विक्री वितरण नगर्न समेत सल्लाह सुझाव दिइएको अध्यक्ष खड्काले जानकारी दिए ।

घरदैलो कार्यक्रममै संघको टोलीले अस्वस्थ रहेका संघको पूर्व अध्यक्ष तारा बहादुर डिसीलाई भेट गरी स्वास्थ्य स्थितीको बारेमा समेत जानकारी लिनुको साथै सल्लाह सुझाव समेत लिएको संघका महासचिव बासुदेव न्यौपानेले बताए ।

घरदैलो कार्यक्रम अन्तर्गत सोमवार पुल्चोक क्षेत्रका व्यवसायीहरुसँग सुझाव संकलन गरिने महासचिव न्यौपानेले बताए । यस अभियान आज संघका अध्यक्ष सुरज खड्का, उपाध्यक्ष चन्द्रप्रकास आचार्य, महासचिव बासुदेव न्यौपाने, कोषध्यक्ष बिष्णु बोहरा, सदस्यहरु हरी ब. खड्का र राजु थापाको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया