
काठमाडौं। प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् ।
दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि २०७६ माघदेखि उपसभामुख पद रिक्त थियो ।
एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्त पोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।
यस अघि नै पाँचदलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसकी सांसद पुष्पा भुसालले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए ।
मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया