
बुटवल । रुपन्देहीको गैडहवामा लघुवित्तबाट ल्याएको ऋण विवादमा एक युवाको ज्यान गएको छ ।
डहवा गाउँपालिका–१ सांडी मडवाकाका अन्दाजी ३० वर्षीय महेश भरको ऋण विवादमा पारिवारिक हानाहान हुदा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मंगलबार राती आफ्नै भाइ उमेश भरले ऋणको विषयलाई लिएर झगडा गर्दै ढुङ्गाले आक्रमण गरेपछि महेश गम्भिर घाइते भएका थिए ।
घटना लगत्तै तत्काल उद्धार गरी भैरहवाको भिम अस्पतालमा उपचारका लागि लगिएको भएपनि महेशको राती ११ बजेको समयमा मृत्यु भएको हो ।
गैडहवा स्थित सूर्यपुरामा रहेको ग्राामिण बिकास लघु वित्त वित्तीय संस्थबाट लिएको २० हजार ऋण भुक्तानीका लागि लघुवित्तका कर्मचारीले घरमै पुगेर ताकेता गर्न थालेपछि दुई भाईबीच विवाद उत्पन्न भएको थियो । भाइ उमेशले आफू विदेश गएर पैसा पठाउँदा समेत लघुवित्तको ऋण चुक्ता नगरेको भन्दै दाजुमाथि झगडा गर्दै आक्रमण गरेका थिए । उनको आक्रमणबाट महेशकी पत्निलाई समेत चोट लागेको प्रहरीले जनाएको छ ।
उमेशलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया