
दाङ । दाङमा ठूलो पानी पर्दा बन्दै गरेकाे हुलाकी सडकमा क्षति पुगेकाे छ ।
गढवा-राजपुर सडक खण्ड अन्तरगत राजपुर गाउँपालिका-२ मटेरियामा कल्भर्ट बाट पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेकाे स्थानीय राेषण यादवले जानकारी दिए ।
`सडकमा क्षति पुग्दा आवागमन राेकिएकाे छ´उनले भने-`बन्दै गरेकाे सडक पनि भत्कियाे, कल्भर्ट पनि भासियाे ।´ हुलाकी सडक अन्तरगत बनिरहेकाे सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन माग राखिएको छ ।
पूर्वमा कालाकाटे देखि पश्चिममा राजपुरकाे गंगदी सम्मकाे करिब ४० किलोमिटर सडक कालाेपत्रेकाे काम भइरहेकाे हाे ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया