
दाङ । मास्टर एन्ड मिस गुरुकुल २०८१ सम्पन्न भएको छ । गुरुकुल एकेडेमिको आयोजनामा भएको कार्यक्रमको शनिवार एक कार्यक्रम गरी ग्राण्ड फिनाले सम्पन्न गरीएको हो ।
मास्टर तर्फ निशान विष्ट र मिस तर्फ यशु बुढाथोकीले प्रथम स्थान हासिल गरेका हुन । यसै गरी मल्टिमिडिया तर्फ रोसिका खनाल र आरोहन न्यौपाने, उच्च पोसाक तर्फ एलोन पुन र शान्भी डाँगी, फोटोजेनिक तर्फ एन्जिस बिसि र रानि विष्ट, कन्फिडेन्ट तर्फ अनुजा केसि र सिमोन भन्डारी, ट्यालेन्ट तर्फ युजिन गौतम र सगुन केसि र उच्च हिडाई तर्फ अञ्जलि रसाइलि र एलिस खड्का चयन भएका छन् ।
यसैगरी सर्वश्रेष्ठ भाषण तर्फ पञ्जिका रिजाल र सक्ष्यम डाँगी, सर्वश्रेष्ठ हासो तर्फ कुशुम केसि र दिप्सोना अधिकारी चयन भएका छन् । बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको हुँदा यस्तो खाले कार्यक्रम पनि आबश्यक पर्ने र बिद्यार्थीहरुको आत्मविश्वास बढाउन भुमिका खेल्ने विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले बताउनु भयो ।
आफ्नो विद्यालयका बिद्यार्थीहरुको शिक्षा संगै कला गला तथा आफुमा भएको क्षमता प्रष्फुटन गर्ने र व्यक्तित्व बिकास गर्ने बिद्यालयका इसिए संयोजक विशालमान श्रेष्ठले जानकारी दिनुभयो। अत्यन्तै कडा मेहेनतका साथ प्रतिष्पर्धा गरेका बिद्यार्थीहरुले ग्रान्ड फिनालेमा आफ्नो प्रतिभा देखाएका थिए । कार्यक्रममा बोल्ने कला, गित, नृत्य तथा कबिता जस्ता प्रतिभा प्रस्तुत गरेका थिए । मास्टर एन्ड मिस कार्यक्रमको निर्णायकमा नेपाली शिक्षिका शान्ता आचार्य, आइएसए संयोजक इन्द्र प्रशाद पोख्रेल विज्ञान शिक्षिका आशा कुमारी चौधरी रहनुभएको थियो ।
प्रतियोगितामा बिजेता हुने मास्टर तथा मिस गुरुकुल २०८१ ले गुरुकुल ताज सहित ट्रफि तथा प्रमाणपत्र समेत प्राप्त गरेका छन् । साथै क्राउन र ढाका टोपि समेत प्रदान गरीएको थियो ।
गुरुकुल एकेडेमिका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण इसिए संयोजक विशालमान श्रेष्ठले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया