राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु

 

 

तुल बहादुर कवँर मगर
देउखुरी । दाङ–देउखुरीको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन आइतबारदेखि पालिकाको सभाहल मसुरीयामा शुरु भएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशन शुरु भएको हो। अधिवेशनको पहिलो बैठकले आर्थिक विकास समितिका संयोजक गेमे खड्काले प्रस्तुत गर्नुभएको ‘गाउँपालिकाको आर्थिक ऐन २०८१’ को संशोधित प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको पालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिनुभएको छ।

त्यस्तै सभाको शून्य समयमा गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, गाउँसभा सदस्य वीर बहादुर चौधरी, दिपक कुमार चौधरी, भुपलाल थापा मगर र बलिराम चौधरीले जनजीविकाका विविध विषयमा आफ्ना धारणा तथा जिज्ञासाहरु राख्नु भएको थियो ।

अधिवेशनको दोस्रो बैठक पुनः माघ २२ गते बस्ने गरि स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव नेब बहादुर ओलीले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया