दिनरात नभनेर उपभोक्ताको सेवामा खटिन्छौंः पौडेल

देउखुरी। लमही खानेपानी उभपोक्ता तथा सरसफाई संस्थाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राज योग प्रशिक्षण केन्द्र लमहीले स्वागत तथा सम्मान गरेको छ ।

 

प्रशिक्षण केन्द्रको कार्यालय रातोडाँडामा शनिबार एक औपचारीक कार्यक्रम गरेर खानेपानी संस्थाका अध्यक्ष सनमकुमार पौडेल सहितका नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत सम्मान गरिएको हो । ब्रह्मा बाबाको ५६औं पुण्य स्मृति दिवस तथा विश्व शान्ति दिवसको सन्दर्भपारेर स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रममा खानेपानी संस्थाका अध्यक्ष पौडेलले लमही क्षेत्रमा शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनु भयो । खानेपानी मानिसको दैनिक जीवनसंग, मानव स्वास्थ्य र सरसफाई संग जोडिएको संवेदनशिल बिषय भएकाले सोही अनुसार दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । खानेपानी संस्थाको गरिमा उचो बनाउन नव निर्वाचित कार्यसमितिले योगदान गर्ने, उपभोक्ताको समस्यालाई समाधान गर्न दिनरात नभनेर खटिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया