माघ पर्वमा मुख्यमन्त्री आचार्यको शुभकामनाः मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताएका छन। माघे संक्रान्ति तथा माघ पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक कला संस्कृति जोगाउनु सबैको साझा कर्तब्य भएको बताएका हुन । कला संस्कृतिलाई पर्यटन संग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने उनकाे धारणा छ ।

 

‘हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त छ । त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन्’शुभकामना सन्देशमा भनिएको छ,‘लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक मूल्य, मान्यताहरुको संरक्षण, सम्बर्द्धन र प्रबर्धनको माध्यमबाट आर्थिक, सामाजिक विकासको परिकल्पना गरेको छ । मौलिककला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने भएकाले यसलाई प्राथमिकतामा राखेका छौं ।’ लुम्बिनी प्रदेश सरकारले माघ पर्वलाई लक्षित गरेर सार्वजनिक विदा समेत दिदै आएको छ ।

लुम्बिनी प्रदेशको तराई, पहाड, हिमाली क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले माघे संक्रान्ति/माघ पर्व मनाउने चलन छ । यस पर्वको फरक विशेषता र महत्व रहेको छ । थारु समुदायले माघलाई महत्वपूर्ण चाड एवं नयाँबर्षका रुपमामनाउने गर्छन् भने मगर, यादव लगायतका समुदायले बिशेष महत्वका साथ पर्व मनाउने प्रचलन छ ।

तपाईको प्रतिक्रिया