
तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति) पर्वको अवसरमा माघ ३ गते बिहीबार सार्वजनिक बिदा दिएको छ।
पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने उक्त पर्वको अवसरमा राप्ती गाउँपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको एक सुचना जारी गरि गरेको छ ।
पालिका क्षेत्रमा थारु र मगर समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार विदा दिएको पालिकाका अध्यक्ष प्रकाश विष्ट द्धारा जारी सुचनामा उल्लेख छ ।
यसैबिच सो पर्वको अवसरमा माघ १ गते नेपाल सरकार र २ गते लुम्बिनी प्रदेश सरकार द्धारा प्रदेश भर सार्वजनिक बिदा दिएको छ ।
लेखकको बारेमा
तपाईको प्रतिक्रिया