
लमही । गुरुकुल एकेडेमी लमहीमा पनि विद्यालर्थीहरुको लागि स्केटपार्क संचालनमा आएको छ । बिभिन्न अफ्ठेरा परीस्थितिबाट संघर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जिल्लामा सकारात्मक छाप बसाल्न सफल भएको छ ।
सफलताको खुट्किलो संगै शैक्षिक सत्र २०८१ बाट गुकुल एकेडेमीले लमही र तुलसीपुरमा पनि आफ्ना शाखाहरु मार्फत विद्यालय सचालनमा ल्याएको छ । विद्यार्थीहरुको लागि अत्यधिक सेवा सुविधा दिदै आएको विद्यालयले एक पछि अर्को सुविधा दिदै आएको छ । यसै अवशरमा गुरुकुल एकेडेमी लमहीले आफ्ना विद्यार्थीहरुको लागि निःशुल्क स्केट पार्क संचालनमा ल्याएको हो ।
दाङ जिल्लामै पहिलो पटक स्केट पार्क सहितको विद्यालय भएको विद्यालयले बताएको छ। मनोञ्जनको लागि विद्यार्थीहरु व्यवसायिक रुपमा खोलीएका स्केटपार्कमा प्रति घन्टा १०० देखि ३०० सम्मको टिकेट काट्नुपर्ने बाद्यता आफ्ना विद्यार्थीहरुको लागि हटेको विद्यालयको भनाई छ । पढाई संगै अन्य अतिरीक्त कृयाकलाप पनि गराउदै आएको गुरुकुल एकेडेमीले शिक्षा सहित खेलकुदमा विद्यार्थीहरुको सर्वाङ्गिन विकास गर्ने उद्धेश्यले उक्त स्केटपार्क संचालनमा ल्याइएको गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले जानकारी दिनुभयो ।
गुरुकुल एकेडेमी लमहीमा स्केटपार्क संचालनमा आउनु विद्यार्थीहरुको लागि सुखद र फाइदाजनक कार्य रहेको देउखुरी उद्योग बाणिँज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका ठकुरीले पार्कको उद्धाटन गर्दै यस्तो बताउनुभएको हो । आगामि दिनमा गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीहरुले स्केट पार्कमा निःशुल्क रुपमा प्रयोग गरी यसबाट मनोरञ्जन लिन सक्नेछन्.’ ठकुरीले भन्नुभयो । साथै गुरुकुल एकेडेमी तुलसिपुरले पनि विद्यार्थीहरुको लागि स्केटपार्कको सुविधा थप गरी यस अघिनै संचालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया