विद्यार्थीलाई जीवनपयोगी सिप संग जोड्दै देउखुरी पब्लिक स्कुल

देउखुरी । विद्यालय विद्यार्थीको सिकाई केन्द्र हो । जहाँ विद्यार्थीले किताव मात्रै पढ्दैनन् । जीवन उपयोगी सिप पनि सिक्छन् । विद्यार्थीको सर्वाङ्ग विकासलाई अघि बढाउदै लगेको विद्यालय हो देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालय ।

 

लमही नगरपालिका वडा नं. ६ देउपुरमा रहेको यस विद्यालयले माघ पर्वलाई लक्षित गरेर खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

माघ पर्व संग समुदाय बिशेषका परिकार विद्यार्थीलेनै तयार पारेका थिए । सेल रोटी, ढिक्री, खरीया लगायतका पकवान विद्यार्थीले तयार पारेर खुवाएका थिए । यसरी तयार पारेका परिकारलाई भविस्यमा उद्यम संग जोड्न सक्ने देखिएको छ । सिकेको सिप खेर जाँदैन । विद्यार्थीलाई व्यवहारिक सिप सिकाउन खाना महोत्सव आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भूमाण्डव केसीले बताए ।

विद्यालय सञ्चालक समितिका वरिष्ठ सदस्य रतन कुमार केसीको अध्यक्षतामा सम्पन्न भएको माघी मिलन तथा फुड फेस्टिभल कार्यक्रममा प्रमुख अतिथि थारु लेखक साहित्यकार तथा अगुवा शेर बहादुर चौधरी, प्रधानाध्यापक भूमाण्डप केसी, थारु साहित्यकार छबिलाल कोपिला, थारु कल्याणकारी सभाका क्षेत्रीय सदस्य देउमणी चौधरी, समाजसेवी नारायण योगीसमेत सहभागी हुनुहुन्थ्यो। अतिथिहरूले आफ्नो मन्तव्यमार्फत संस्कृतिको जगेर्ना र शिक्षा प्रणालीमा यसैगरी सुधार गरिनुपर्ने बताए ।

 

विद्यालयका परीक्षा समिति संयोजक राम औतार चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण भने विद्यालयका शिक्षक सन्दीप खनालले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया