दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु

दाङ–दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बुधवार तुलसीपुर बसपार्कमा लु,प्र २००१–ख ००४४ नम्बरको बसको ठक्करबाट ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिए ।

 

दिउँसो पौने २ बजेतिर बसको ठक्करबाट तुलसीपुर–५ निवासी तिर्सना घर्तीमगरको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया