अर्थमन्त्री शर्माद्वारा राजीनामा घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले राजीनामा दिएका हुन्।

 

प्रतिनिधि सभामा सम्बोधन गर्दै आफूले गल्ती नगरेको उनको दाबी गरेका छन् । उनले छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामा दिएको बताए ।

आर्थिक वर्ष २०७९/८० बजेटको सूचना चुहाएको, अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दायरा हेरफेर गराएको, उक्त दिनको सीसीटीभी फुटेज मेटाएको लगायत आरोप शर्मामाथि लागेको छ।

बुधबारको प्रतिनिधि सभा बैठकमा यी घटनाको छानबिनका लागि सभामुख अग्नि सापकोटाले विशेष समिति बनाएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया