बिजौरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तले गरे राजमार्ग अवरुद्ध

 

 

देउखुरी । दाङको देउखुरीमा मंगलबार बेलुका स्कुल बसले ठक्कर दिदा एक युवकको मृत्यु भएको छ।

पुर्व पश्चिम राजमार्ग लमही–भालुवाङ सडकखण्डको बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक राप्ती गाउँ पालिका ८ बिजौरीका अन्दाजी ३०-३१ वर्षका कृष्ण बहादुर शाहीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

निजि विद्यालयको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रोसित स्थानीयले अहिले पुर्व पश्चिम राजमार्गको लमही भालुवाङ सडकखण्ड अवरुद्ध पारेका छन । चालक सिसहनिया प्रहरीकाे नियन्त्रणमा रहेकाे छ।

सोहि सडक खण्डमा हिजो बेलुका मालबाहक ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिदा एक युवकको मृत्यु भएको थियो भने पिडित पक्षले २ घण्टा सडक अवरुद्ध थिए ।

तपाईको प्रतिक्रिया