लालमटिया सडक दुर्घटना, लमही भालुवाङ सडक अबरुद्ध

 

 

देउखुरी । लमही भालुवाङ सडक अन्तरगत लालमटियामा सडक अबरुद्ध भएकाे छ ।

सोमबार बेलुका करिव ६ः३० बजेको समयमा राप्ती गाउँपालिका वडा नं. २ लालमटिया(कटेशनाला नजिक)  ट्रकले माेटरसाईकललाई ठक्कर दिदा  राप्ती गाउँपालिका वडा नं ३ बसन्पतपुरका १८ वर्षिय साेनु गुरूङकाे मृत्य भएकाे थियाे । मृतककाे क्षतिपूर्तिकाे माग गर्दै सडक अबरुद्ध गरेका हुन् ।

पश्चिम  बाट पुर्व तर्फ जादै गरेको वा ४ ख २२६१ नम्बरको ट्रकले पुर्वबाट पश्चिम तर्फ जादै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गुरूङकाे मृत्यु भएको थियाे ।

ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया