दाङ- दाङमा प्रहरीले श्रीमती हत्याको अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका- २ भमके निबासी अन्दाजी २९ वर्षीय चित्रबहादुर बुढाथोकीलाई ३२ वर्षीया श्रीमती हस्तिकुमारी बुढाथोकीको हत्या अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रकाश थापाले जानकारी दिए ।
समान्य विवादमा बुधबार बिहान १० बजेतिर चित्र बहादुरले श्रीमतीलाई दाउले टाउकोमा हिर्काउदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
श्रीमतीको मृत्यु भएपछि फरार रहेका चित्र बहादुरलाई तुलसीपुर–७ स्थित कारागार नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया