नेपाल निवृत्त शिक्षक समाज राप्तीको अध्यक्षमा गिरी

 

 

दाङ । नेपाल निवृत्त शिक्षक समाज दाङको आयोजनामा राप्ती गाउँपालिकामा स्थरीय सेवा निवृत शिक्षकहरुको अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशन जिल्ला अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा मा. वि. र्मारघाटमा सम्पन्न भएको हो । अधिवेशनले कृष्ण गिरीको अध्यक्षतामा राप्ती गाउँपालिका स्थरीय ७ जना कार्यासमिति गठन गरेको छ ।

कार्यसमिति उपाध्यक्षमा झग्गु प्रसाद न्यौपाने, महिला उपाध्यक्षमा सरस्वती न्यौपाने, सचिवमा कृष्ण पौडेल र कोषाध्यक्षमा हरी प्रसाद ज्ञवालीलाई चयन भएका छन् । त्यसैगरी भेलाले सदस्यमा रमेश कमाुर अधिकारी र महिला सदस्यमा ओमकला न्यौपानेलाई चयन गरेको छ ।

११ जनाको समिति रहने राप्ती गाउँपालिका स्तरीय कमिटीमा ४ जना पछि मनोनित गरिने सचिव कृष्ण पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया