नेपालगञ्ज । बाँकेमा ठूलो परिणाममा लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा उनिहरुको साथबाट तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।

बैजनाथ गाउँपालिका वडा नं १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा नं ३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा अफिम भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
‘नेपाली सेनाको चेकपोष्टमा जाँच गर्ने क्रममा रोकाय चेकप्वाइन्टबाट जंगलतर्फ भागेका थिए । जंगलमा रहेको सेना, बाँके राष्टिय निकुञ्ज र इलाका प्रहरी कार्यालय चिसापानीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउपछि रोकायले दिएको बयानका आधारमा प्रहरीले कोहलपुरबाट नगलगाड नगरपालिका ३ कै २५ वर्षीय लेखराज बिष्टलाई पक्राउ गरेको हो ।
सुर्खेतबाट आउँदा दुबै जनासँगै आएको भए पनि चिसापानीमा जाँच अघि नै रोकाय भागेका थिए भने बिष्ट कोहलपुर पुगेका थिए ।

तपाईको प्रतिक्रिया