राप्ती –२ कटेशनालामा गाडी दुर्घटना, दुईजना घाइते

 

 

देउखुरी । दाङको देउखुरीमा गाडी दुर्घटना हुदा २ जना सामान्य घाइते भएका छन् ।

चन्रौटादेखि लमही तर्फ जाँदै गरेको लु २ ख ४३०४ नम्बरको ट्याभलर गाडी राप्ती गाउँपालिका वडा नं २ कटेशनाला यातायात कार्यालय नजिकै दुर्घटनामा परेको हो । उक्त घटनामा २ जना सामान्य घाइते भएका र सिसहनियाँमा उपचार पछि घर पठाइएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख अमर बहादुर माझीले जानकारी दिए ।

दुर्घटना राती करिब १०ः३० समयमा भएको प्रहरीको अनुमान रहेको छ । गस्तीमा रहेको प्रहरी टोलीले ११ बजे उक्त घटना भएको थाहा पाएका थियो । उक्त गाडीका धनी सम्पर्कमा आएको प्रहरीले जनाएको छ । चालक हालसम्म सम्पर्कमा नआएको हुदा दुर्घटना कसरी भयो भन्ने अनुसन्धान भइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया