गढवामा प्रहरी महिला कर्मचारी र सेवाग्राहीलाई लक्ष्य गरी राखियो सेनेटरी प्याड

दाङ– इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारी र महिला सेवाग्राहीलाई तत्काल प्रयोग गर्ने मिल्नेगरी निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेकी छन्।

 

कार्यालयमा सेनेटरी प्याड राख्ने स्थल निर्माण गरेर व्यवस्थापन गरिएको कार्यालय प्रमुख कार्कीको भनाइ छ।

‘महिला प्रहरी कर्मचारी र महिला सेवाग्राहीको लागी तत्काल आवश्यक परेको खण्डमा सेनेटरी प्याड उपलब्ध हुनेगरी व्यवस्था मिलाएका छौं’, उनले भनिन्, ‘महिनावारी भएको बेलामा सेनेटरी प्याड खोज्न बाहिर जानू नपरोस्, अत्यावश्यक परेको बेलामा प्रयोग गर्न मिल्नेगरी व्यवस्थापन गरिएको छ। यो व्यवस्थापनले महिला प्रहरी कर्मचारी र सेवाग्राहीलाई ढुक्कको वातावरण निर्माण गर्छ।’

तपाईको प्रतिक्रिया