भालुवाङका सबै बाटो कालोपत्रे हुन्छ : मन्त्री चौधरी

 

 

दाङ । शहरी विकास मन्त्री मेटमणी चौधरीले भालुवाङका सम्पूर्ण बाटोहरु कालापत्रे हुने बताएका छन् ।

राप्ती उद्योग वाणिज्य संघ भालवाङले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राप्ती गाउँपालिकाको भालवाङ बजार क्षेत्रका सबै बाटोहरु साउन महिना भित्र कालोपत्रे हुने बताएका हुन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधारी तोकिसकेको हुदा लुम्बिनी प्रदेशको काम कारवाही यहि क्षेत्रबाट छिटै संचालनमा आउने समेत मन्त्री चौधरीले बताए ।

राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता तथा मन्त्री चौधरी प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न भएको थियो । स्वागत कार्यक्रममा राप्ती गाउँपालिकाका निवतमान अध्यक्ष नुमानन्द सुवेदी, संघका पुर्व अध्यक्ष जगत प्रसाद पोख्रल लगायतले शुभकामना व्यक्त गरेको थिए । संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन महासचिव नारायण शर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया