दाङ । शहरी विकास मन्त्री मेटमणी चौधरीले अव लालपुर्जा वितरणको काम छिट्टै हुने बताएका छन् ।

राप्ती प्रेस मञ्चले आज आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भालुवाङ बासीलाई लक्षित गर्दै चुनाव अगाडी नै लालपुर्जा वितारण हुने बताए । उनले भने ‘नीतिगत रुपमा पास हुनासाथ उच्च स्थारीय भूमिसुधार आयोग मार्फत लालपुर्जा वितरण हुनेछ ।”
यसगरी मन्त्री चौधरीले प्रदेश सभाको बैठक अब स्थायी राजधानी देउखुरी मै बस्ने र भौतीक निमार्णको काम पनि सुरु हुने दावी गरे । लमही क्षेत्रलाई औद्योगिक स्थल र गढवालाई टेक्निकल हवको रुपमा विकास गर्ने योजना रहेको समेत मन्त्री चौधरीले बताए ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा मञ्चका प्रमुख संरक्षक महेश रिजालले आफ्नो भनाई राखेका थिए । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

तपाईको प्रतिक्रिया