दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

२०८१ सालको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

 

२०८१ सालको दशैं असोज १७ गते घटस्थापनादेखि सुरु हुदैछ । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

त्यसैगरी असोज २४ गते फूलपाती छ । फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको छ।

यस वर्ष असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ ।

यस्तै असोज २६ गते दशैंको मुख्य दिन टीका हो । टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए । टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया