ट्रक र टिप्पर ठाेक्किदा लमही–घोराही सडक अवरुद्ध

दाङ । लमही–घोराही सडकखण्ड अवरुद्ध भएको छ।

 

घोराही उपमहानगरपालिका–३ मुसोट खोला उकालोमा सिमेन्ट उद्योगको खरानी बोकेको ट्रक र टिप्पर एक आपसमा ठक्कर खाँदा सडक अवरुद्ध भएको हो। रा १ क १३४८ नम्बरको ट्रक र बा ७ त ५६७७ नम्बरको टिप्पर ठोक्किँदा बाटो अवरुद्ध भएको छ।

लमहीबाट घोराही जाने सवारीसाधन र घोराहीबाट लमही आउने सवारीसाधनबीचमा अलपत्र परेका छन्। अवरुद्ध सडक खुलाउने विषयमा घटनास्थलमा प्रहरी परिचालन भएको छ।

तपाईको प्रतिक्रिया