एमाले राप्तीको कार्यसमिति सर्वसम्मत निर्वाचित, मदन अधिकारी अध्यक्षमा पुनः सर्वसम्मत

 

 

देउखुरी । नेकपा एमाले राप्ती गाउँपालिकाको अध्यक्षमा मदन अधिकारी निर्वाचित हुनु भएको छ ।

अधिकारीले दोस्रो कार्यकालका लागी अध्यक्षको जिम्मेवारी पुनः प्राप्त गर्नु भएको हो । शुक्रबार राप्ती गाउँपालिकाको सभाहलमा भएको दोस्रो अधिवेसनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा हिमानी न्यौपाने, सचिवमा भरतमणी न्यौपाने, उपसचिवमा सावित्री चौधरी, उपसचिवमा दामोदर पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी लेखा समिति संयोजकमा देव प्रसाद चौधरी र सदस्यमा दामोदर पोख्रेल रहनु भएको निर्वाचन मण्डलका प्रमुख विवेक श्रेष्ठले बताउनु भयो ।

तपाईको प्रतिक्रिया