बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९र०८० को बजेट वहुमतले पारित भएको छ ।

प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिएपछि बुधबार पारित भएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
बुधबार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री कुलप्रसाद केसीले बजेट कार्यान्वयनमार्फत प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन सबैको साथ लिएर सरकार अघि बढ्ने बताए ।
यसैगरी प्रदेश सभाको बुधबारको बैठकबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत पारित भएको छ । दुवै विधेयक कानून समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेकी थिइन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया