मतदातालाई धन्यावाद दिन दाङ आउँदै मन्त्री चौधरी

दाङ । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी गृहजिल्ला दाङ आउने भएका छन् ।

 

मन्त्री चौधरी बिहीबार साँझ नेपालगञ्ज हुँदै देउखुरी आउने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ । मन्त्री पदको शपथ लिएपछि चौधरी आफ्ना निर्वाचन क्षेत्रका मतदातालाई धन्यावाद दिन आउन लागेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) दाङको पार्टी नेतृत्व, पार्टीका साथी तथा शुभेच्छुकहरूसँग पनि भेट गर्ने कार्यक्रम मन्त्री चौधरीको रहेको छ ।

उनले शुक्रबार बिहान दाङका स्थानीय पत्रकारहरूसँग पनि भेटघाट गर्नेछन् ।

चौधरी दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिका सांसद हुन् ।

तपाईको प्रतिक्रिया