जगत खनाल, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन गर्न राप्ती उपत्यकाका क्रियासिल राजनीतिक दलहरुले सक्रियता देखाएका छन ।

आज राप्ती गाउँपालाकको कार्यालय मसुरियामा सर्बदलिय बैठक बसि लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन गन विभिन्न निर्णय समेत गरेका छन ।
नेकपा (माओवादी केन्द्र) राप्ती गाउँ कमिटी अध्यक्ष स्यामेस चौधरीको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले राजधानी कार्यान्वयन गर्न छिटोभन्दा छिटो सम्पुर्ण मन्त्रालय र प्रशासनिक कार्यालय स्थायी राजधानी राप्ती उपत्यकामा ल्याउन पहल गर्ने निर्णय गरेको छ ।
यस्तै ल्याडपुलिङ को कार्यविधीलाई असर नपर्ने गरि यथाशीघ्र बैंकिङ कारोबार हुने गरि जग्गा फुकुवा गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । उक्त बैठकले राजधानी सार्न सहजीकरण गर्ने भन्दै निवर्तमान गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा स्यामेस चौधरी, मदन अधिकारी लगायतको सम्पुर्ण राजनीति पार्टीको प्रतिनिधित्व हुने गरि सहजीकरण समिती गठन गरेको छ । उक्त समितिलाई प्रदेश सरकारसँग वार्ता गर्ने र राजधानी छिटो राप्ती उपत्यकामा ल्याउन पहल गर्ने जिम्मेवारी दिएको नेकपा (माओवादी केन्द्र) का गाउँ कमिटी अध्यक्ष स्यामेस चौधरीले बताएका छन् ।
राजधानी घोषणा भएको लामो समयसम्म पनि जग्गा रोक्का रहेको तथा कुनै पनि प्रदेशका काम स्थायी राजधानीबाट नभएको र जग्गा रोक्का हुदा यहाँका जनतालाइ आर्थिक कारोबार गर्न कठिन भएको गुनासो व्यापक रुपमा उठिरहेको छ ।
राजधानी कस्तो शहरको रुपमा विकास गर्ने भन्ने लामो समयदेखि बहस भए पनि बल्ल गुरु योजना बनाएर प्रदेश सरकारले पास गरेता पनि डिपिआरको काम भने अझै हुन सकेको छैन ।
विश्वको सुन्दर शहर बनाउने गरि काम अगाडि बढेकोले अझै १/२ वर्ष धैर्य गर्न यहाँका स्थानिय जनतालाई प्रदेश पुर्वाधार बिकास प्रधिकरणका प्रमुख अधिकृत छवि पोख्रेलले अनुरोध गरेका छन् । “हामी एउटा सुन्दर र विश्वको नमुना शहर बनाउन लागि परेका छौ” प्रमुख अधिकृत पोख्रेले भने “काम गरि रहेका छौ केहि समय लाग्ने भएकाले धैर्य गरेर प्रदेश सरकारलाई सहयोग गर्नुहोस् ।”
यस्तै राप्ती उद्योग बाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्काले जग्गा रोक्का हुदा व्यापारीक क्षेत्रमा ठूलो असर परेको भन्दै अझै जग्गा रोक्का हुने हो भने व्यापारी साथीहरू सडकमा आउने अवस्था हुने भन्दै जग्गा छिटो फुकुवा र बैंकिङ कारोबार खुल्ला गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया