
दाङ । दाङको राप्ती गाउँपालिकमा तीन दिने आधारभुत सञ्चारसिप तथा पत्रकारिता तालिम मंगलवार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको सभाहलमा सञ्चालित तालिम राप्ती प्रेस मञ्चको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा एक विद्यालय एक पत्रकार उत्पादन गर्ने उद्देश्यले असार १२ गते देखि सुरु भएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीनसम्म सिकेका कुरालाई व्यवहारमा लागु गरी समाजका हरेक गतिविधी मिडिया सम्म पु¥याउन प्रशिक्षार्थीहरु सुझाव समेत दिएका थिए ।
समापन कार्यक्रम राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष कमलापती चौधरी र प्रमुख प्रशासकीय अधिकृतको विशिष्ट आतिथ्यतामा भएको थियो ।
तलिममा राप्ती गाउँपालिका भित्रका माध्यमिक तहका विद्यालय र क्याम्पसमा अध्ययनरत ३५ जना विद्यार्थीहरूको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकहरुमा सुदर्शन रिजाल, नरेन्द्र केसी, लिला शाह, दशरथ घिमिरे, कृष्णप्रसाद आचार्य, अर्जुन अधिकारी, महेश रिजाल, ओमप्रकाश गुप्ता, सन्तोषकुमार गुप्ता, शोभाराम रिजाल र प्रकाश विष्ट रहेका थिए ।
तलिम समापन समारोहमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद तथा राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल, मञ्चका प्रथम उपाध्यक्ष बासुदेव न्यौपाने, महासचिव ओमप्रकाश गुप्ता, सदस्य विरेन्द्र गिरी, समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष लालमणी भुसाल र सहभागीहरुको तर्फबाट, सिर्जना थापा, हरि भण्डारी, वर्षा केसी, देनेश रैदास लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समापन समारोह कार्यक्रमको सञ्चालन मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले गरेका थिए ।

तपाईको प्रतिक्रिया